२७ पुस २०८१, शनिबार | Sat Jan 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


जावलाखेलमा खुवाइयो च्याउको भोज



ललितखबर
१५ पुस । ललितपुरको जावलाखेलमा आइतबार च्याउ दिवसको सन्दर्भ पारेर च्याउको भोज खुवाइएको छ ।
च्याउ उत्पादक किसान संघले पाँचौं च्याउ दिवसको सन्र्दभ पारेर आयोजित च्याउ मेलामा सहभागीहरुलाई च्याउका विभिन्न परिकार खुवाइएको थियो ।
च्याउ भोज कार्यक्रममा च्याउको मःमः,च्याउको सुप, च्याउकै पकौडा,च्याउको छोइला र च्याउको सेकुवालगायत परिकार पस्किएको थियो ।
भोजमा सिताग्गे,कन्य,गोब्रे र राजा च्याउको परिकार बनाइएको थियो । कार्यक्रममा सहभागी अतिथीहरु सभामुख देवराज घिमिरे, संघीय सासंद प्रेम महर्जन, प्रदेश सासंद प्रेमभक्त महर्जनलगायत सहभागी भएका थिए ।
लामो समयसम्म लाइनमा बसेर आगन्तुकले धैर्यका साथ च्याउको परिकारको भोज खाइरहेको देख्न सकिन्थ्यो ।
संघका सचिव रामहरि घिमिरेले करिव ५ लाख खर्चेर भोजको आयोजना गरिएको बताएका छन् । घिमिरेले च्याउको खपत नेपाली बजारमा बढाउन भोजको आयोजना गरिएको जानकारी दिदै सचिव घिमिरेले च्याउबाट मासुको परिकारभन्दा मिठा परिकार बन्ने बताए । उनका अनुसार पछिल्लो समय नेपालमा विभिन्न पोषणतत्व भएका च्याउ उत्पादन गर्न सुरु भएको बताए ।
नेपालमा केही समयदेखि भारतको च्याउ बजारमा आएपछि नेपाली च्याउले बजार नपाउने अवस्था आएको किसानले गुनासो गर्दै आइरहेका छन् ।
च्याउको परिकार बनाउन र खान सिकाउन महोत्सवमा सहभोजको कार्यक्रम राखिएको घिमिरेको भनाई छ ।
पछिल्लो समय नेपाली होटलहरुमा ताजा च्याउ प्रयोग नगरिएको कारण नेपाली च्याउको उल्येख्य खपत भइरहेको पाइदैन ।

 

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  ३ : ४३ बजे