२ पुस २०८२, बुधबार | Wed Dec 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


गीति कथानक चलचित्र ‘भाग्य’ युट्युवमा



 

१५ पुस । नेपाली कथानक गीतिचलचित्र ’’भाग्य’’ युटुवमा सार्वजनिक भएको छ ।
प्रदर्शनीको तयारी गर्दागर्दै संसारभरी कोरोना (रोग) को महामारीपछि यो चलचित्र चन्द्रनिगाहपुर र काठमाडौमा प्रदर्शनी समेत गरिएको निर्माण पक्षले जानकारी दिएको छ ।
चलचित्रमा सुरज गराच (यसराज), नीता ढुंगाना, सुनिल कटुवाल, अदिति श्रेष्ठ, पूर्णिमा लामा, विशाल के.सी, सानु ताम्राकार, प्रकाश श्रेष्ठ, कृष्ण भट्टराई, ईश्वर फुयाँल, निजल लामा, आयुषा श्रेष्ठ, सुरेन्द्र महर्जन, राजु श्रेष्ठ, सूर्य कमल राई, शंकर घतानी, रमेश एकल, नरेन्द्र भट्टराई, विष्णु के.सी, असिम शेर्पा, अतित लिम्बु, सुरेन्द्र अमात्य, जीवन शाही, तुलशा कटुवाल, छेकु लामा, निषा श्रेष्ठ र रोशन कुमार आदिको अभिनय छ ।
यो गीति चलचित्र डा. भोला रिजालबाट लेखेको गौंथली खण्ड काव्यमा आधारित) रहेको छ । अहिलेसम्मकै सबैभन्दा बढी विभिन्न गायक गायिकाहरूको आवाजमा यस चलचित्रमा गीतको रुपमा समेटिएको छ ।
चलचित्रमा दिना थामी, रमण थामी, राम कार्की, शान्ता कार्की, रानु कार्की, सुरेन्द्र महर्जन, सुर्य कमल राई, तृप्ती खड्कालगायत गायक गायिकाहरूले स्वर दिउका छन् ।
चलचित्र ‘भाग्य’ले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा सहभागी भएर उत्कृष्टताको थुप्रै अवार्ड प्राप्त गरिसकेको छ ।
निर्देशक रोशन कुमार श्रेष्ठले चलचित्र ‘भाग्य’को निर्देशन गरेका हुन् ।
हेर्नुस् छलचित्र :

youtube.com/watch?v=F4kc4pEQiPw

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  ४ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।