१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


गायक यशकुमारको साँगेतिक चलचित्र ‘तिमी छौ र त’ सार्वजनिक



१७ पुस । गायक यश कुमारको शब्द, संगीत र स्वर रहेको गीत(साँगेतिक चलचित्र) ‘तिमी छौ र त’को भिडियो सार्वजनिक गरिएको छ ।
मंगलबार राजधानीमा आयोजित साँगेतिक चलचित्र भनिएको भिडियो सार्वजनिक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किँरातीले गीत संगीतले समाजमा सकारात्मकता प्रवाह गर्ने भन्दै गायक यशकुमारको प्रसंशा गरे ।

‘यो गीत हेरेपछि मलाई असहज पनि भयो । किनकि यो गीतले हाम्रो एउटा समाजको कथालाई देखाएको छ । यो भिडियो हेरेपछि समाजले केही सिक्छ भन्ने लागेको छ’, मन्त्री किरातीले भने, ‘यसलाई मनोरंजनको रुपमा मात्र लिनु हुँदैन । यसले समाज सुधार्न भूमिका निर्वाह गर्नुका साथै कुल ग्राहस्थ उत्पादनमा समेत टेवा दिन्छ ।’

गायक यश कुमारले गीत संगीतको माध्यमले मनोरंजनसँगै संदेश प्रभाव गर्न खोजेको बताए ।

‘मैले सुरुआती समयदेखी नै गीतसंगीतले पार्ने प्रभावको बारेमा बुझेर त्यहिँ अनुरुप सिर्जना गरिरहेको छु । यसपटक पनि दुई समुदायको अहमताले निम्त्याउने कथालाई देखाएको छु । यसले समाजमा थोरै भएपनि चेतना बढाउने काम गर्छ भन्नेमा विश्वस्त छुु, यश कुमारले भने ।
सार्वजनिक गीतको भिडियोमा यश कुमारसँगै अनु थापा, प्रेम सुब्बा, राजेश घतानी लगायतका कलाकारले अभिनय गरेका छन् ।
गायक यशले यो गीतलाई आफुले मौलिक र टिपिकल देखाउन लिम्बु समुदायको बोलीचालीको भाषा प्रयोग गरेकाले यसलाई दर्शकहरुले अश्लिल शब्दको रुपमा बुझेर गाली नगरी दिन आग्रह समेत गीत रिलिज कार्यक्रममा गरेका थिए ।

 

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  ३ : ०२ बजे