ललितखबर
१८ पुस । गायक प्रकाश सपुत बाठा गायकका रुपमा नेपाली साँगेतिक बजारमा दरिएका छन् । उनी बेला बेलामा विभिन्न फण्डा मिसिएको श्रृजना मनोरञ्जन बजारमा फ्याक्छन् अनि चर्चामा आउँछन् । विवाददास्पद विषयहरुमा उनको चर्चाले बजारमा भाइरल सामाग्री बनेर बिक्छ ।
पछिल्लो समय पुरुष सम्बेदना जोडिएको एउटा ‘मुटु कटक्क’ै गीतमार्फत गायक सपुतले पुरुषहरुका लागि रुने ठाँउ ‘रुवाबासी सेन्टर’ प्रस्तुत गरेर चर्चा कमाइरहेका छन् । पछिल्लो एक दिनमै सामाजिक सञ्जाल युट्युवमा उनको यो गीतले एक मिलियन दर्शकसँगै एक नम्बर ट्रेङिङ कमाउन सफल भयो ।
तर गायकले गीतमा सम्वेदनमा बेचेका छैनन् गीतको बीचमा विभिन्न कम्पनीको विज्ञापन पनि घुसाएर बिक्रि गरेको देख्न सकिन्छ ।
उनले गीतको म्युजिक भिडियोमा चिया घर, प्रभु बैंक, श्रीकेश तेल, शिवम् सिमेन्ट, प्रखर कन्ट्रक्सन,श्री लक्ष्मी ज्वलर्स, कथालिका,नेपाल विजनेसलगायतको दृश्य राखेर ती विज्ञापनको सामाग्री पनि बजारमा बिक्रि गरिरहेका छन् ।
विवादास्पद विषय र सम्वेदना बेचेर पैसा कमाएको भन्दै विवादमा आउने गरेका गायक प्रकाश सपुतले अव विज्ञापन कम्पनीहरुको भरिया झैं प्रस्तुत भएका छन् । उनको श्रृजनाले श्रृजनाको अपमान भएको छ । यसरी नै श्रृजनामाथि विज्ञापनको लेपन लगाउदै जाने हो भने हाम्रा श्रृजनालाई समाजले विश्वास गर्ला र?
पछिल्लो समय कलाकारहरुले पैसाका लागि मादक पदार्थ रक्सी जस्तो बस्तु सेवन गरौं भन्दै विज्ञापन गरिरहेको सन्दर्भमा विभिन्न कम्पनीहरुको विज्ञापनहरु दृश्यमै राखिएकोसम्म देख्न पाइएको छ । कुनै कलाकारहरुले विभिन्न उत्पादन र कम्पनीहरुको कथा बनाएर श्रृजना नबनाउलान् भन्न सकिएन ।
पैसा कमाउनकै लागि श्रृजनशील कलाकारले यसो गर्नु अलि लज्जास्पद भएन र?
प्रतिक्रिया