११ पुस २०८१, बिहिबार | Thu Dec 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं जिल्ला अदालतबाट हत्कडीसहित थुनुवा फरार



१८ पुस । काठमाडौं जिल्ला अदालत परिसरबाट एक जना थुनुवा हत्कडीसहित फरार भएका छन् । बुधबार दिउँसो ठगी मुद्दाका थुनुवा विमल खड्का हत्कडीसहित फरार भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।
खड्कालाई ठगी मुद्दामा म्याद थपका लागि अदालत लगिएको थियो । खड्कालाई डलर देखाएर लुटपाट गरेको आरोपमा प्रहरी वृत्त, स्वयम्भूले पक्राउ गरेको थियो । उनको खोजी गर्न प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  १२ : १० बजे