तुलसीपुर(दाङ)
१८ पुस । वनबाट पात टिपेर ट्र्याक्टरमा फर्किंदै गर्दा भएको दुर्घटनामा २८ जना घाइते भएका छन् ।
आज साँझ ५ः१५ बजेतिर लु२त ५१६४ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा २८ जना घाइते भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नवीन वलीले जानकारी दिएका छन् ।
घाइते हुनेहरु सबै गढवा गाउँपालिका ४ पर्साका रहेको प्रहरीले बताएको छ । घातेको लमही अस्पतालमा उपचार भइरहेको छ ।
गाडी चालक गढवा गाउँपालिका ४ पर्सा बस्ने करिब ३४ वर्षीय आशालाम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।








प्रतिक्रिया