१९ पुस । पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न नपाइने भएको छ । बुढासुब्बाले बिहीबार एक सूचना जारी गर्दै गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न नदिने जानकारी गराएको हो । यस्तै सो क्षेत्रमा खिचिएका भिडियो सामग्री फेसबुक, इन्ष्टाग्राम, टिकटक तथा युटुबमा व्यवसायिक प्रायोजनका लागि राखिएमा कारबाही हुने बुढासुब्बाले जानकारी दिएको छ ।
१९ पुस २०८०, बिहिबार
40
Shares
प्रतिक्रिया