११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको दक्षिणकालीमा जुवातास खेल्ने नौ जना पक्राउ



२० पुस । काठमाडौंको दक्षिणकालीमा जुवातास खेल्ने नौ जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार काठमाडौंको दक्षिणकाली नगरपालिका ५ हात्तीवनस्थित जंगलमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका ५ डल्लु बस्ने ४० वर्षीय कबिर तामाङसमेत ९ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
बिहीबार दिउँसो ईलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ६५ हजार रूपैयाँ र विभिन्न ब्राण्डका मोबाइल १० थानसहित पक्राउ गरेको जानकारी दिएको छ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ३ : २४ बजे