२२ पुस । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ३०० ग्राम सुन बरामद भएको छ । विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीका अनुसार शनिबार राति १२ः५ बजे फ्लाई दुबईबाट आएका एक जना यात्रुको साथमा सुन बरामद भएको हो ।
दुबईबाट आएकी श्रीलंकन नागरिक ४५ वर्षीया कान्थामात्रे काभास्करले सुन लुकाएर ल्याएको उनले बताए । यसबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले थप अनुसन्धान गरिरहेको छ । उनले लगाएको ब्राभित्र प्लाष्टिकले बेरेको अर्धठोस सुन ल्याएको खुलेको छ । यस्तै लगाएको कट्टुभित्र पनि स्प्रे गरेर थप सुन ल्याएको फेला परेको चन्दले बताए ।
प्रतिक्रिया