२३ माघ २०८२, बिहिबार | Fri Feb 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंमा गाँजा मिसाएर अनलाइनमार्फत केकको कारोबार



२२ पुस । लागुऔषध गाँजा मिसाई केक तयार गरी अनलाइनमार्फत कारोबार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका २९ घट्टेकुलो बस्‍ने २६ वर्षीय विशन मानन्धरलाई गाँजा मिसाई केक तयार गरी अनलाइनमार्फत कारोबार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा लागु औषध नियन्त्रण ब्‍यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जनाइएको छ । पक्राउ परेका उनको साथबाट प्रहरीले गाँजाको धुलो १२१, तयारी अवस्थामा रहेको केकको झोल १७८ ग्राम, गाँजा ३ केजीलगायतका सामानहरू बरामद गरेको छ ।

उनले आफ्नै घरमा विगत १ वर्षदेखि गाँजा मिसावट गरिएका केकका विभिन्‍न प्रकारहरू बनाइ अनलाइन डेलिभरी गर्दै आएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  १० : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।