१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


चितवनमा बोराभित्र भेटिएका दुवै शवको पहिचान खुल्यो



२३ पुस । चितवनको भरतपुर महानगरपालिका-१२ स्थित मिलनचोकमा मंसिर ६ मा बोराभित्र भेटिएका दुई शवको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार हत्या गरेर बोरामा शव पोको पारेर फालिएका पुरुष र महिला दुवै भारतीय नागरिक हुन्।

भारत मोतिहारी घर भएका उनीहरुको हत्या पनि भारतीय नागरिकले नै गरेको खुल्न आएको प्रहरीले जनाएकाे छ। भरतपुरमा व्यापार गरेर बस्ने उनीहरुको शव हात, खुट्टा र घाँटी डोरीले बाँधेर फालिएको अवस्थामा भेटिएको थियो। शवको पहिचान लामो समयसम्म नभएपछि प्रहरीले पहिलोपटक हुलिया र दोस्रोपटक उनीहरुको स्केच सार्वजनिक गरेको थियो।

नेपाल प्रहरीको विशेष टोलीले भरतपुरमै बसेर भारतीय प्रहरीसँग पनि समन्वय गरेर हत्याको अनुसन्धान गरेका थियाे। हत्यामा संलग्नलाई भारतबाटै पक्राउ गरिएको जनाइएकाे छ। शवहरू भरतपुर अस्पतालमा छन्। महिलाले विवाहेतर सम्बन्ध राखेकाे थाहा पाएपछि पतिले प्रेमीसहितलाई हत्या गराएको खुलेकाे प्रहरीको भनाइ छ।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ७ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।