२३ माघ २०८२, बिहिबार | Fri Feb 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


जावलाखेलमा ३५ फिट गहिरो इनारमा खसेका श्रमिकको सकुशल उद्धार



२३ पुस । ललितपुर महानगरपालिकाको जावलाखेलमा इनारमा खसेका एक श्रमिकको सकुशल उद्धार गरिएको छ । ललितपुर उपमहानगर ५ जावलाखेलस्थित स्टील टावरको पछाडि एक घरको कम्पाउण्डमा रुख काट्ने क्रममा लडेर ३५ फिट गहिरो इनारभित्र खसेका श्रमिक ४० वर्षीय रामशरण सापकोटाको नगर प्रहरीले सकुशल उद्धार गरेको हो ।

नगर प्रहरी प्रमुख सिताराम हाछेथुले भने, ‘इनार नजिकै रुख रहेछ, इनारको ढक्कनमाथि लड्दा सिधै तल खसेछन्, रुख भएका घरधनीले तत्काल खबर गरेपछि हामीले उद्धार गर्न सकेका हौं ।’

हाछेथुका अनुसार इनारमा ३ फिट मात्रै पानी रहेछ । सापकोटालाई बन्जी जम्पमा प्रयोग गरिने डोरी र क्लिपको सहयोगमा इनार बाहिर निकालिएको उनले बताए ।

 

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ३ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।