११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


थानकोटमा ट्राफिक प्रहरीद्वारा जाँच गर्ने क्रममा प्रहरीमाथि आक्रमण : स्कुटर चालक युवक पक्राउ



काठमाडौं
२३ पुस । काठमाडौंको थानकोटमा ट्राफिक प्रहरीद्वारा जाँच गर्ने क्रममा आक्रमण गरेपछि स्कुटर चालक युवक पक्राउ परेका छन् ।

प्रहरीका अनुसार चन्द्रागिरी नगरपालिका ३ थानकोट बसपार्कस्थित डियूटीमा खटिएको प्रहरीमाथि हातपात गरेको अभियोगमा सर्लाही मलंगवा नगरपालिका ६ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका ३ खरिबोट बस्ने २६ वर्षीय अनमोल रामलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त थानकोट र ट्राफिक प्रहरी प्रभाग थानकोटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा नागढुंगाबाट आउँदै गरेको बा.५७ प ५९४६ नम्बरको स्कुटर चालक रामले प्रहरीमाथि हातपात गरेपश्चात उनलाई पक्राउ गरेको हो । सो क्रममा हेण्ड सेट १ थान क्षति भएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ४ : ४४ बजे