११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको दुई ठाँउमा दुई जना मृत फेला



२३ पुस । काठमाडौंको दुई ठाँउमा दुई जना मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार गोकर्णेश्वर नगरपालिका ९ आरूबारी बस्ने ४५ वर्षीय निमा शेर्पा आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी काठमाडौं महानगरपालिका ३
महाराजगंजस्थित सडक छेउमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४२ वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् । घटनाहरुको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गसिररहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ६ : १६ बजे