२४ पुस । पशुपति परिसरमा स्तनपान कक्ष निर्माण गरिएको छ । पशुपति क्षेत्र विकास कोषले मन्दिरमा दर्शन गर्न आउने भक्तजन आमाहरूलाई स्तनपान गराउन सहज होस् भन्ने उद्देश्यले स्तनपानकक्ष निर्माण गरेको हो ।
कोषका कार्यकारी निर्देशक लक्ष्मी पुनले लामो समयदेखि बन्द भएर बसेको सत्तललाई रंगरोगन र कार्यालयमा नै भएका फर्निचरहरू व्यवस्थापन गरी स्तनपान कक्ष बनाइएको जानकारी दिइन् ।
प्रतिक्रिया