२ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले दिए राजीनामा



२४ पुस । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन् । मंगलबार बिहान सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर खनालले राजीनामा बुझाएका हुन् ।

खनालमाथि अवैध कल बाइपास, टेलिकम अपरेटरहरुको कलको मात्रा मापन तथा ठगी वा भीओआईपी गेटवेज पहिल्याउन भन्दै खरिद गरिएको टेलिकम्युनिकेसन्स् ट्राफिक मोनिटिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) मा अनियमितता गरेको आरोप लागेको छ ।

खनाल ९ साउन २०७६मा प्राधिकरणको अध्यक्ष भएका थिए । विभिन्न प्रकरणमा मुछिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा समेत तानिएपछि कार्यकाल ७ महिना बाँकी छँदै खनालले राजीनामा दिएका हुन् ।

प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिले टेरामक्स खरिदमा भ्रष्टाचार भएको निष्कर्षसहित मुद्दा प्रक्रिया अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पुस ११ गते निर्देशन दिएको थियो ।

 

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ७ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।