२६ माघ २०८२, आइतबार | Sun Feb 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पूर्वडिआइजी महेशविक्रम शाह भ्रष्टाचारी ठहर,तीनवर्ष जेल सजाय



काठमाडौँ
२५ पुस । विशेष अदालतले नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डिआइजी) महेशविक्रम शाहलाई भ्रष्टाचारी ठहर गरेको छ । अदालतले मुद्दाको फैसला गर्दै तीन वर्ष जेल सजाय तोकेको हो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले सजाय आज उक्त सजाय निर्धारण गरेको छ ।

क्षेत्रीय प्रहरी तालिम कार्यालय प्रमुख रहेका बेला रकम हिनामिना गरेको प्रकरणमा तत्कालीन डिआइजी शाहसहित दुई जनालाई अदालतले दोषी ठहर गरेको थियोे ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाहलाई रु १६ लाख ६९ हजार बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो । अदालतले सोही रकम नै बिगो र तीन वर्ष कैद सजाय हुने फैसला सुनाएको छ ।

यस्तै अदालतले उक्त प्रकरणमा पूर्वप्रहरी नायब निरीक्षक दीपेन्द्रप्रसाद पनेरुलाई पनि तीन वर्ष कैद तथा रु १६ लाख ६९ हजार जरिवाना गरेको छ ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ४ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।