२३ माघ २०८२, बिहिबार | Fri Feb 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


‘अनलाइन क्यासिनो गेम’ खेलाउने तीनजना पक्राउ



२६ पुस । क्यास एप, मिल्की वे जस्ता एप्लिकेसनमार्फत हारजित हुने गरी ‘अनलाइन क्यासिनो गेम’ खेलाएको अभियोगमा तीनजनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ताप्लेजुङ मिक्वाखोला गाउँपालिका– १ घर भई काठमाडौं कोटेश्वर बस्ने २५ वर्षीय पुजन साँवा, भक्तपुर सूर्यविनायक नगरपालिका– ४ अनामनगर बस्ने सर्लाही बागमती नगरपालिका– ७ घर भएका २१ वर्षीय निशानराज कार्की र भक्तपुर सूर्यविनायक नगरपालिका– ४ अनामनगर बस्ने सर्लाही बरथहवा नगरपालिका– ११ हिरापुर घर भएका २५ वर्षीय निशान गौतम छन्।

विभिन्न खेलमा अनलाइनमार्फत बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई हारजित हुने र आफूले लाभ लिने उद्देश्य राखी रकमको बाजी राख्न लगाई सट्टाबाजी गराई खेल खेलाउने गरेको भन्ने सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनसमेतबाट खटिएका प्रहरीले उनीहरूलाई अनलाइन क्यासिनो खेलाउन प्रयोग भएका ल्यापटप तथा मोबाइलसहित उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

उनीहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ।

प्रकाशित मिति : २६ पुस २०८०, बिहिबार  १० : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।