२७ पुस २०८१, शनिबार | Sat Jan 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सम्झना कृषि सहकारीका शेयर सदस्य बचत बढाउदै



ललितखबर
२७ पुस । आर्थिक मन्दीसँगै पछिल्लो समय सहकारीमा आर्थिक समस्या भए पनि दक्षिण ललितपुरको सम्झना कृषि सहकारी संस्था विस्तारै अघि बढिरहेको सहकारीका पदाधिकारीले बताएका छन् ।
चापागाउमा शुक्रबार एघारौं साधारणसभामा बोल्दै संस्थाका प्रबन्धक पुरुषोत्तम हुमागाईले आर्थिक मन्दीसँगै बचत फिर्ता गर्न बाध्य भए पनि सहकारीको सदस्यहरुको संकटमा बचत गरेर सहयोग गरेकाले कारोबार बढाउन सफल भएको बताए ।
उनले भने, ‘हामीलाई मासिक एक हजार बचत गरेर शेयर सदस्यहरुले सहकारीमा संकट आउनबाट बचाउनु भएको छ ।’
सदस्यहरुको सहकारीलाई बलियो बनाउन नियमित बचत नगर्ने र ऋण लिएर नतिर्ने सदस्यलाई सेवा सुविधामा कटौती गर्ने प्रस्ताव साधारण सभामा ल्याएर पारित गरिएको छ । प्रबन्धक हुमागाईले भने, ‘हामीले नियममा बाधिएर कारोबार गर्ने हो भने कहिले पनि समस्या भोग्न नपर्ने अनुभव गरेका छौं ।’
संस्थाका अध्यक्ष चुडाप्रसाद घिमिरेले अघिल्लो बर्षको तुलनामा १ लाख रुपैयाँ बराबरको शेयर पुँजी थपिएर १ करोड ३१ लख ७० हजार ५ सय पुगेको वासताल सार्वजनिक गरे । सार्वजनिक वासलात अनुसार संस्थाले जगेडा कोषलाई झन् बलियो बनाउन ११ लाख थपेर १ करोड ४८ लाख ८४ हजार ९ सय ३६ बनाएको छ ।
संस्थाको निक्षेप अघिल्लो बर्षको तुलनामा ३ लाख मात्रै घटेको छ । कर्जा लगानी १० लाख मात्रै खुम्चेको देखिएको छ ।
संस्थाले गतआर्थिक बर्षभित्र ३७ लाख बचत बढेको, बाह्य ऋण १ करोड बढेको प्रतिवेदनमा उल्येख छ ।
कृषिमा आधारित कारोबार गरिरहेको यस सहकारीमा ७५ प्रतिशतभन्दा धेरै महिला शेयर सदस्य छन् । १ हजार ९ सय ३३ जना महिला शेयर सदस्य रहेको सम्झना कृषि सहकारीमा ७ सय ३१ जना पुरुष सदस्य छन् ।
सहकारीले ८२ वटा केन्द्र र ३ सय ८७ समूह निर्माण गरेर शेयर सदस्यहरुसँग कारोबार गरिरहेको छ ।
सहकारीले शेयर सदस्य कृषकहरुलाई विउविजन र कृषि सामाग्री सहुलियतपूर्ण र अनुदानमा वितरण गर्दै आएको छ । अघिल्लो बर्षहरुमा सहकारीमा विशिष्ट योगदान दिने सदस्य र उत्कृष्ट कारोबार गर्ने सदस्यहरुलाई सहकारीले विभिन्न पुरस्कार वितरण गरेको थियो ।

 

 

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  ६ : २५ बजे