३ पुस २०८२, बिहिबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको बाफलमा मध्यराती मोटरसाइकल दुर्घटना, युवकको मृत्यु



२८ पुस । काठमाडौंको बाफलमा मध्यराती मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार काठमाडौंको नागार्जुन नगरपालिका ४ बाफस्थित सोल्टी दोबाटो नजिक बा.९१ प १५९३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई गएराति दुर्घटना भएको थियो ।
दुर्घटनापछि काठमाडौं कोटेश्वर बस्ने चालक ४५ वर्षीय रबिन कुमार श्रेष्ठको मृत्यु भएको हो । दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा उपचारको क्रममा मृत्यु भएको थियो ।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  १० : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।