२ माघ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली चलचित्रमा विदेशी लगानी ल्याउनुपर्ने बताएका छन्।
मंगलबार निफ २०२४ बारे जानकारी दिन काठमाडौँमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपाली चलचित्रमा विदेशी लगानी ल्याउनसके अन्तर्राष्ट्रिय स्तरमा नेपाली चलचित्रहरुले प्रतिस्पर्धा गर्नसक्ने बताए।
उनले नेपाली चलचित्रमा विदेशी लगानीको प्रावधान नरहेको भए पनि आफूहरुले अहिले पहल गरिरहेको दाबी गरे। चलचत्रि निर्माणका लागि आवश्यक सामग्रीहरु ल्याउने वातावरण नरहेको उनको भनाइ थियो।
उनले भने, ‘नेपाली चलचित्रमा विदेशी लगानी ल्याउन सकियो भने इन्टरनेशनल लेभलमा हाम्रो देशका फिल्महरुले प्रतिस्पर्धा गर्न सक्छन्। विदेशी लगानी यहाँ ल्याउने प्रावधान छैन। त्यसको लागि पहल गरिरहेका छौँ। शतप्रतिशत लगानी गर्न नपाए पनि ४९ प्रतिशत लगानी गर्नसक्ने व्यवस्थाका लागि पहल गरिरहेका छौँ।’
प्रतिक्रिया