३ माघ । काभ्रेको पाँचखालमा १९ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको छ। बलात्कारमा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरेर अनुधन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
काभ्रेको पाँचखाल नगरपालिका– ७ शिखरपुरको जंगलमा पाँच दिनअघि (२७ पुसको राति) स्थानीय १९ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको हो। बलात्कारमा संलग्न भएको आरोपमा उदयपुरको ताप्ली गाउँपालिका ८ घर भइ हाल पाँचखाल नगरपालिका ७ मा डेरागरी बस्ने २८ वर्षीय धिरज हमाल, भोजपुरको षडानन्द गाउँपालिका ८ घर भइ पाँचखाल ७ बस्ने घनश्याम श्रेष्ठ, धनकुटाको महालक्ष्मी नगरपालिका ४ घर भई हाल पाँचखाल ७ बस्ने १९ वर्षीय अमर बिक र १७ वर्षीय एक किशोर छन्।
उनीहरुलाई जिल्ला अदालत काभ्रेबाट मंगलबार पाँच दिनको म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक धमेन्द्र अकौलियाले जानकारी दिए।
प्रतिक्रिया