१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


कालिमाटीमा साँझपख चोरी



काठमाडौं
४ माघ । काठमाडौंको कालिमाटीमा बुधबार साँझपख चोरी भएको छ ।
प्रहरीका अनुसार महानगरपालिका १३ कालिमाटी डेरा गरी बस्ने धादिङ धुनवेसी गाउँपालिका ८ घर भएका २८ वर्षीय राजन कार्कीको कोठामा चोरी भएको हो । उनको कोठाको ताला फोडेर नगद ८ लाख ५० हजार रूपैयाँ र सुनका विभिन्न गरगहना गरी करिब १८ लाख १० हजार रूपैयाँ बराबरको धनमाल बुधबार साँझ चोरी भएका प्रहरीले जानकारी दिएकोे छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहिबार  ६ : ५४ बजे