२७ पुस २०८१, शनिबार | Sat Jan 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


ललितपुरमा बीवाईडीको नयाँ शोरुम



४ माघ । विद्युतीय सवारी बीवाईडीको नयाँ शोरुम ललितपुरको कुपनडोलमा खुलेको छ । ईको ड्राइभ प्रा.लि.ले बीवाईडीको आधिकारिक शोरुमको रुपमा ललितपुरमा शोरुम उद्घाटन गरेको हो ।
ललितपुरको कुपनडोल हाइटमा खुलेको नयाँ शोरुम ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले उद्घाटन गरेका हुन् । शोरुम उद्घाटन गर्दै मेयर चिरिबाबुले आफु सधै इको फ्रेड्ली विद्युतीय सवारीको पक्षमा रहेको बताउँदै आफ्नै महानगरभित्र विद्युतीय गाडीको शोरुम ल्याएकोमा कम्पनीलाई धन्यवाद दिए ।
सोही अवसरमा मेयर महर्जनले आफूले पनि बीवाईडीको विद्युतीय गाडी नै चढिरहेको बताउँदै महानगरपालिकाले किन्ने हरेक गाडी विद्युतीय नै हुने दाबी गरे ।
उनले भने,‘ललितपुर महानगरपालिकाले नीति नै बनाएर अघि बढेको छ । गाडी खरिद गर्नुपरे विद्युतीय नै किन्ने । मैले पनि लामो समयदेखि विद्युतीय गाडी नै चढिरहेको छु ।’ सन् २०३० सम्ममा फोसिल फ्यूलबाट चल्ने सवारी मुक्त गर्ने विश्व वातावरण नीति भएकाले नेपालले पनि यसैको सिको गर्नुपर्ने उनले बताए ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहिबार  ७ : ३६ बजे