५ माघ । ललितपुरको होटल स्क्वायरका संचालकविरुद्ध जिल्ला अदालत ललितपुरबाट पक्राउ पुर्जी जारी भएको छ । ललितपुर महानगरपालिका वडा नम्बर–३ मा संचालित होटल स्क्वायरको स्विमिङ पुलमा पौडी खेल्दा मानभवनका सजिलमान शाक्य गम्भीर घाइते भएका थिए । भदौ १४ मा घाइते भएका उनी अहिले पनि अचेत अवस्थामा छन् ।
पीडितका परिवारले दिएको जाहेरी दर्ता गरेर घटना अनुसन्धान भइरहेको ललितपुरका एसएसपी शेखर खनालले बताए । ललितपुर जिल्ला अदालतबाट होटलकी प्रबन्ध निर्देशक रोमी अर्याल र उनकी सासु ललिता भण्डारीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनीहरू दुवैजना फरार छन् । भदौ १४ मा दिउँसो ३ बजेर ३० मिनेटमा स्विमिङ पुलमा करेन्ट फैलिएर ४१ वर्षीय सजिलमान घाइते भएका छन् ।
प्रतिक्रिया