१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको मुलपानीमा बसको ठक्करपछि एक युवकको मृत्यु



काठमाडौं
६ माघ । काठमाडौंको मुलपानीमा बसको ठक्करपछि एक युवकको मृत्यु भएको छ । प्र्रहरीका अनुसार काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका ६ मुलपानीस्थित क्षेत्रीय उपत्यका बसपार्कमा बा.२ ख २५६९ नम्बरको बसको ठक्करबाट सिरहा गोलबजार नगरपालिका १२ बेतौना घर भई काठमाडौं मुलपानी बस्ने २९ वर्षीय हरि यादबको शुक्रबार बेलुकी मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका उनको शंखरापुर अस्पताल नारायणटारमा उपचारको क्रममा मृत्यु भएको हो ।
बस चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार  २ : ४८ बजे