२६ माघ २०८२, आइतबार | Sun Feb 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


रड प्रहारपछि श्रीमतीको हत्या



तुलसीपुर (दाङ)
७ माघ । तुलसीपुर उपमहागनरपालिका ४ तल्लो हलवारका ४३ वर्षीय पेण्डुवा चौधरीले ४२ वर्षीया श्रीमती लक्ष्मी चौधरीलाई टाउकोमा रड प्रहार गरी हत्या गरेका छन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवरत्न मल्लका अनुसार मदिरा खाएर चौधरीले श्रीमतीलाई रडले हान्दा उनीको शनिबार घटनास्थलमै मृत्यु भएको हो ।
पेण्डुवा धेरै मदिरा खाने भएकाले घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । श्रीमतीको हत्यापछि अवस्था बुझ्न त्यहाँ पुगेका स्थानीयलाई पनि उनले रड प्रहार गरेका छन् ।

स्थानीय मीना थापा र शिला चौधरील रड प्रहार घाइते भएका छन् । मीनाको टाउकोमा चोट लागेको छ भने शिलाको हड्डीमा चोट लागेको छ । दुवै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।
उनीहरू दुवै जनाको अवस्था सामान्य रहेको तुलसीपुर ४ का वडाध्यक्ष तुलसी थापाले जानकारी दिए ।

रुखबाट लडेर महिलको मृत्यु
रुखबाट लडेर तुलसीपुर १३ बखरियाकी एक महिलाको मृत्यु भएको छ । शनिबार बेलुका घर नजिकैको जङ्गलमा रुखबाट लडेर ६५ वर्षीया शितली कुसारीको मृत्यु भएको उनकी जेठी बुहारी पवित्रा कुसारीले जानकारी दिइन् । बेलुका ७ बजेतिर स्याउला काट्न भनी जङ्गल गएकी शितली अबेरसम्म घर नआएपछि परिवार र छिमेकी जङ्गल खोज्न जाँदा घाइते अवस्थामा फेला पारेको थियो ।

उनको तुलसीपुर सिटी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लैजाने तयारी गर्दैगर्दा उनको मृत्यु भएको हो ।

त्यसैगरी दाङमा बहुविवाह गरेकामा एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनक मल्लका अनुसार उनलाई घोराहीका सरोज पौडेललाई बिहीबार पक्राउ गरिएको हो । पक्राउ परेका उनलाई मिशिल तयार गरेर आइतबार अदालत बुझाउने तयारी रहेको प्रहरी नायब उपरीक्षक मल्लले बताए ।

पौडेलका जेठी पत्नीले उजुरी दिएपछि उनलाई पक्राउ गरिएको हो । विदेश जाने लोभमा पौडेलले जेठी पत्नी हुँदाहुँदै पारिवारिक दबाबमा दोस्रो बिहे गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । पौडेलको जेठी पत्नीसँग राम्रो सम्बन्ध नभएपछि उनीहरू एकलरूपमा बस्दै आएको र पहिलो श्रीमतीसँग सम्बन्धबिच्छेद नगरेर दोस्रो बिहे गरेपछि जेठी पत्नी श्रीमान्विरुद्ध प्रहरीमा जाहेरी लगेर पुगेकी थिइन् ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ३ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।