२७ पुस २०८१, शनिबार | Sat Jan 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


श्रीलालीगुराँस सहकारीको वार्षिक साधारण सभा फागुनमा



७ माघ । ललितपुरको पुल्चोकमा केन्द्रिय कार्यालय स्थापना गरेर उपत्यकाका विभिन्न ठाँउमा सेवा केन्द्र सञ्चालन गरेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीले यही फागुन ७ गते दिउँसो १ बजे २३ औं र २४ औं वार्षिक साधारण गर्ने भएको छ ।
सहकारीले सूचना प्रकाशित गरेर पुल्चोकस्थित मुख्य कार्यालयमा बार्षिक साधारणसभा आयोजना गर्न लागेको जानकारी दिएको हो ।
सहकारीले गत मंसिरमा गएको पुसभित्रै साधारण सभा आयोजना गर्ने भन्दै सूचना प्रकाशित गरेपनि साधारणसभा सम्पन्न भएको थिएन ।
साधारण सभामा अध्यक्षको तर्फबाट प्रतिवेदन पेश गर्ने कार्यक्रम छ । आर्थिक बर्ष ७८÷७९ र ७९÷८० को वासलातको नाफा घाटा र नगद प्रवाहमाथि छलफल गर्ने कार्यक्रम रहेको छ । साथै साधारण सभाले आर्थिक बर्ष ७८÷७९ र ७९÷८०को लागि लेखापरिक्षक नियुक्त र पारिश्रमिक तोक्ने लाभाशं वितरणका लागि अनुमोदन गर्ने कार्यक्रम छ ।
सहकारीले आ.व. ०७८÷०७९ को खुद मुनाफा रकमबाट ८ प्रतिशत र आ.व. ०७९÷०८० को खुद मुनाफा रकमबाट ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सहकारीले साधारण सभाको मिति भने तोकेको छैन ।
नेपालको वित्तिय बजारमा देखिएको उच्च तरलताको समस्यालगायत कारण यस संस्थाले गतबर्ष २३औं वार्षिक साधारण सभा आयोजना सकेको थिएन ।
श्री लाली गुराँस सहकारीले सहकारी विभागमा संस्थाको बचत संकलन, दायित्व, लगानी र सम्पत्ति लगायत संस्थाको वित्तिय विवरण समेत बुझाएको छ ।
संस्थाको आ.व. ०७९÷०८० सम्म करिब ९ अर्बको कुल करोबार गरेको थियो ।
सहकारीले चितवनको खैरहनीमा देशकै सर्वाधिक ठूलो गाई फार्म “श्री लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टर र ललितपुरको गोदावरीमा “श्री लालीगुराँस दुग्ध प्रशोधन उद्योग” संचालन गरेको छ ।

 

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ६ : ०८ बजे