२६ माघ २०८२, आइतबार | Sun Feb 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नवलपुरमा गर्भवती महिलाको हत्या, श्रीमान पक्राउ



७ माघ । नवलपुरको हुप्सेकोटमा एक जना गर्भवती महिलाको हत्या भएको छ । हुप्सेकोट गाउँपालिका-६ स्थित एक घरमा गर्भवती महिलाको हत्या भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ । ३४ वर्षीया चनिसरा लम्कामगरको हत्या भएको प्रहरीले जनाएको छ । उनको हत्या गरेको आरोपमा प्रहरीले ३३ वर्षीय श्रीमान शेरबहादुर लम्कामगरलाई पक्राउ गरेको छ ।

शेरबहादुरले घरमै सुतिरहेकी श्रीमती चनिसरालाई कोदालो र खुर्पा प्रहार गरेर हत्या गरेको प्रारम्भिक अन्सन्धानमा खुलेको प्रहरीले जनाएको छ । चनिसरा ८ महिनाकी गर्भवती थिइन् । श्रीमतीको हत्या गर्ने शेर बहादुरलाई प्रहरीले घरबाटै नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  १० : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।