१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं महानगरले लगायो आकाशे पुलको ब्यानर नहटाउँदा ५० हजार जरिवाना



७ माघ । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रको आकाशे पुलमा लगाएको ब्यानर पुरानो हुँदासम्म पनि नहटाएको भन्दै ५० हजार रुपैयाँ जरिवाना गरेको छ। आइतबार महानगरले इन्नोभेटिभ कन्सेप्ट प्रालिलाई ५० हजार रुपैयाँ जरिवाना तिराएको हो।
महानगरले सो ब्यानरसमेत हटाएको छ। यस्तै, ‘वडा नं. ९ का विनोद दासले वर्कशप सञ्चालन गरी फोहोरमैला गरेबापत रु ५००० जरिवाना गरिएको’ महानगरले जनाएको छ।

यता, अदालतले रोके पनि महानगरको सुर्ती निषेध अभियान जारी नै राखेको छ। एक सूचना प्रकाशित गरी महानगरले ‘महानगर प्रहरी बलले विभिन्न सूचना निकाली, माइकिङ्ग गरी सूर्तीजन्य पदार्थहरूको बिक्री वितरणमा निषेध तथा अनुगमन गरि पटक पटक जफत गर्दा पनि अटेर गरी प्लाष्टिकमा प्याकेजिङ्ग गरिएका खैनि, गुट्खा, पान, पराग वा यस्तै प्रकृतीका मुखमा राख्ने रस लिने वा सेवन गर्ने सूर्तीजन्य पदार्थहरूको बिक्री वितरण ब्यापारीहरुले पसलमा खुल्ला राखि गरेको हुँदा यस्ता सुर्तीजन्य पदार्थलाई नगर प्रहरीले जफत गरेको’ स्पष्ट पारेको छ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ३ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।