१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


स्वयम्भूमा सढेको अवस्थामा शव फेला : महिलाको हत्या भएको खुलासा



काठमाडौँ
७ माघ । यही माघ ३ गते काठमाडौँ महानगरपालिका १५ शोभाभगवतीस्थित सरिता गिरिको घरमा सढेको अवस्थामा फेला परेको शवको पहिचान खुलेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँले आज पत्रकार सम्मेलन गरी स्वयम्भूमा सडेको अवस्थामा फेला परेको शव तनहुँ भीमादकी ५१ वर्षीय सफिना मियाको भएको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले स्वयम्भूस्थित गिरिको घरको भुईं तल्लामा भेटिएको शव मियाको भएको पुष्टि गरे ।
“मियाको हत्याको आशङ्कामा भारत दरभङ्गाका ४३ वर्षीय इकरामूल हक अन्सारीलाई पक्राउ गरी अनुसन्धान गरिरहेका छौँ”, उनले भने ।
अन्सारी र मिया विगत एक वर्षदेखि सँगै बस्दै आएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । दुईजनाबीच वादविवाद हुँदा हत्या भएको खत्रीले बताए ।
प्रहरीप्रमुख खत्रीले घरमा बस्ने व्यक्तिको विस्तृत विवरण घरबेटीसँग नहुँदा अनुसन्धानमा समस्या परेको भन्दै आगामी दिनमा यस्ता कुरामा ध्यान दिन सबैलाई आग्रहसमेत गरे ।
मिया विगत तीन महिनादेखि नै कोठामा मृत रहेको अनुमान प्रहरीले गरेको छ ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ६ : ११ बजे