१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


ज्योती मगर भन्छिन्, ‘मह काट्नेले हात चाट्छ’



८ माघ । गायिका ज्योती मगरले भने– ‘मह काट्ने हात चाड्छ भन्दै’ कलाकार संयोजको बचाउँ गरेकी छन् । उनले सामाजिक सञ्जालमा एक लामो स्टाटस पोष्ट गर्दै उनले आयोजकसँग कति लियो भन्दा पनि तपाई दिने भनेको दियोकी दिएन तिर ध्यान दिन अनुरोध समेत गरेकी छन् ।
‘खाम कटुवा यानिकी कलाकार र आयोजकलाई कमिनिकेट गर्ने मिडियटर । जसले तपाईंलाई कति पैसामा कार्यक्रम गर्ने भनेर तय गर्छ । जस्तो कि २० हजार तपाईंलाई दिलाउन राजी भएपछि आयोजकसँग उसले ३०,४०, ५० लिएर खाम काटोस तपाईलाई मतलब हुनु हुँदैन’, ज्योतिले अगाडि भनेकी छन्– ‘मह काट्नेले हात चाट्छ । यदि बोलेको पैसा दिदैन भने अब्जेक्सन गर्नुस् ।’
सबैभन्दा पहिले आफ्नो सहमति बलियो बनाउन र अर्को कलाकार खतम छ । म त सारै राम्रो छु भन्न छोड्न समेत अनुरोध गरेकी छन् । उनले हजुरले भनेपछि भैहाल्छ नि भनेर लुरुक्क कार्यक्रमको मात्रै लोभ नगर्न समेत सुझाएकी छन् ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ८ : ०७ बजे