२६ माघ २०८२, आइतबार | Sun Feb 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


गढीमाई मन्दिरमा एक लाख ५१ हजार दीप प्रज्वलन



बारा
८ माघ । भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरमा आज प्राण प्रतिष्ठान भएको खुसियालीमा गढीमाई मन्दिरमा आज साँझ एक लाख ५१ हजार दीप प्रज्वलन गरिएको मन्दिरका पुजारी मङ्गल चौधरीले जानकारी दिएका छन् ।
सो अवसरमा जिल्लाका अधिकांश ठाँउमा कलश यात्रा, ¥याली, भजन मण्डली, किर्तन गरिएको थियो । आजका दिन गढीमाई मन्दिरलाई भव्यरुपमा सजाइएको महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादवले जानकारी दिए । उनले यहाँका स्थानीय स्वतः आएर मन्दिरमा दीप प्रज्वलन गरेको बताए ।
नेपाल र भारतको सदियौँदेखिको सम्बन्ध आगामी दिनमा अझै प्रगाढ भएर जाने नगरप्रमुख यादवको भनाइ थियो ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ६ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।