४ माघ २०८१, शुक्रबार | Fri Jan 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


न्यूरोडका व्यवसायीहरु सटर बन्द गरेर आन्दोलनमा



९ माघ । न्यूरोड क्षेत्रका व्यवसायीहरू पार्किङ निषेधका विरोधमा उत्रिएका छन् । काठमाण्डु महानगरपालिकाले पार्किङ हटाएपछि न्युरोड क्षेत्रका व्यवसायी आक्रोशित बनेका हुन् ।
व्यवसायीहरू सटर बन्द गरेर विरोधमा उत्रिएका छन् । महानगरले मंगलबार बिहानदेखि न्यूरोडको कालोपत्र सडकमा सवारी साधन पार्किङ निषेध गरेको छ ।
पार्किङ्ग निषेध गरिएका स्थानहरुमा ‘नो पार्किङ्ग’ का संकेत चिन्ह राखिएका छन् । यसैगरी नगर प्रहरी खटाएर पार्किङ्ग गर्न आउनेलाई आजबाट कालोपत्रे सडकमा पार्किङ्ग गर्न नपाइने जानकारी गराइँदै छ ।

पार्किङ गर्न नदिएपछि ग्राहक नआउने भन्दै व्यवसायीले विरोध जनाएका हुन् । धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोक तर्फको सडकखण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरेको महानगरले जनाएको छ ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ७ : ०२ बजे