२६ माघ २०८२, आइतबार | Sun Feb 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मधेश सरकारबाट बाहिरियो जनमत, समर्थन पनि फिर्ता



९ माघ । सिके राउत नेतृत्वको जनमत पार्टी मधेश सरकारबाट बाहिरिएको छ । मधेश सरकारमा जनमतबाट शिक्षा र श्रम गरी दुई जना मन्त्री सहभागी भएका थिए । शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंहले मंगलबार राजीनामा दिएका हुन् ।

मंगलबार जनमतको मधेश संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने निर्णय गरेको जनमत पार्टीका सचिव वीपी साहले जानकारी दिए । मधेशमा जनता समाजवादी पार्टीका नेता सरोजकुमार यादव मुख्यमन्त्री छन् ।

मधेशमा जनमत र जसपाबीच तिक्तता बढ्दै गएको छ । सोमबार सप्तरीको राजविराजस्थित कृषि विश्वविद्यालयको भवन शिलान्यास कार्यक्रममा जसपा अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथिका रूपमा बोलाए पछि जनमत रूष्ट बनेको हो। त्यसक्रममा प्रहरीसँग झडप हुँदा मधेसका शिक्षा मन्त्री मधेसप्रसाद यादव घाइते भएका थिए ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  १ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।