३ पुस २०८२, बिहिबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


इमाडोलबाट चोरीको आरोपमा दुई जना पक्राउ



९ माघ । ललितपुर, महालक्ष्मी नगरपालिका-४ ईमाडोलस्थित शम्भु विश्वकर्माको स्नेहा सिल्भर कारखानाबाट ३ किलो २०७.६ ग्राम चाँदी चोरी भएको घटनामा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपालचोक ईन्द्रावती नगरपालिका-९ फटकसिला घर भई हाल ललितपुर ईमाडोल बस्ने २५ वर्षीय अनिल बराईली रहेका छन् । साथै उक्त चोरी भएको चाँदी खरिद गर्ने ललितपुर महानगरपालिका-१२ मंगलबजार बस्ने शिवली ज्वर्लसका संचालक ५४ वर्षीय राजन शाक्यलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
कारखानाबाट उक्त परिमाणको चाँदी चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले चोरीमा संलग्न अनिललाई पक्राउ गरेको हो । साथै थप सोधपुछको क्रममा चोरी गरेको चाँदी शिवली ज्वेलर्समा बिक्री गरेको खुल्न आएपछि शिवली ज्वलर्सका संचालक राजनलाई समेत प्रहरीले पक्राउ गरेक हो । उनीहरू उपर जिल्ला अदालत ललितपुरबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  १ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।