१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुरमा स्कुटरलाई ठक्कर दिने मोटरसाइकल चालकको मृत्यु



१० माघ । भक्तपुरमा स्कुटरलाई ठक्कर दिएपछि मोटरसाइकल चालकको मृत्यु भएको छ ।
हिजो मंगलबार साँझ साढे ६ बजे भक्तपुरको चुनदेवीमा दुर्घटना चालक सूर्यविनायक नगरपालिका ६ पाण्डुबजार बस्ने २० वर्षीय ओम केसी को मृत्यु भएको छ ।
सल्लाघारीबाट सूर्यविनायक जाँदै गरेको मोटरसाइकल बागमती प्रदेश ०२–०२२ प ८७३२ नं.ले बागमती प्रदेश ०२–०२१ प ९०३२ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
उनको उपचारका लागि मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
तिव्र गतिमा रहेको मोटरसाइकलले स्कुटरलाई ठक्कर दिएपछि मोटरसाइकल केसी लडेर गम्भीर घाइते भएका थिए ।
दर्घटनाका क्रममा स्कुटर चालक सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ८ घर भई काठमाडौं कपन बस्ने २६ वर्षीय रोशन तामाङ भने सामान्य चोट घाइते छन् । दुर्घटनापछि स्कुटर चालक रोशनलाई प्रहरीले नियन्त्रमा लिएको छ ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ५ : ४३ बजे