१० माघ । काठमाडौंको चन्द्रागिरि नगरपालिकाले फुटपाथमा व्यवसाय गर्न रोक लगाएको छ । नगरपालिकाले मंगलबार सूचना निकाल्दै फुटपाथमा व्यवसाय नगर्न भनेको हो । नगरपालिकाले अनधिकृत पार्किङ हटाउन समेत भनेको हो ।
प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले जारी गरेको सूचनामा सार्वजनिक सडकमा हुने अनधिकृत प्रयोगलाई रोक्न फुटपाथ÷ठेलागाडा पसल र अनधिकृत पार्किङ यथाशिघ्र हटाउन भनेको छ । फुटपाथमा गरिने व्यवसाय र अनधिकृत पार्किङले सर्वसाधारण नागरिकलाई सडकमा आवतजावत गर्न असुविधा भएको, सडक दुर्घटनाको जोखिम बढ्नुका साथै सहरी सौन्दर्यतामा समेत असर परेको नगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ ।
१० माघ २०८०, बुधबार
24
Shares
प्रतिक्रिया