२६ माघ २०८२, आइतबार | Sun Feb 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मोरङमा निर्वाचन आचारसंहिता उल्लघंन भएको भन्दै सीडीओलाई आयोगको स्पष्टीकरण



१० माघ । निर्वाचन आयोगले राष्ट्रिय सभाको निर्वाचनका लागि लागू आचार संहिता उल्लघंन गरेको भन्दै मोरङका प्रमुख जिल्ला अधिकारीलाई स्पष्टीकरण सोधेको छ ।

निर्वाचनका लागि ९ गतेदेखि मौन अवधि लागू भएको भए पनि त्यसविपरित मोरङ जिल्लाको विराटनगरमा केही राजनीतिक दलले निर्वाचन प्रचारप्रसारका गतिविधि गरेको भन्दै आयोगले त्यसबारे २४ घण्टाभित्र जवाफ दिन स्पष्टीकरण सोधेको हो ।

‘यस सम्वन्धमा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ र निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २४ को उपदफा (५) विपरीतको कार्य भएको हो वा होइन ? सत्यतथ्य बुझी २४ घण्टाभित्र आयोगमा प्रतिवेदन पेश गर्न प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय, मोरङलाई आयोगबाट निर्देशन दिइएको छ,’ आयोगले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

निर्वाचनको मौन अवधिमा प्रचार–प्रसार लगायतका गतिविधि गर्न पाइँदैन । कुल १९ सिटका लागि राष्ट्रियसभाको निर्वाचन माघ ११ गते हुँदै छ ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  १ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।