२४ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत परियारले जिम्मेवारी सम्हाले



१० माघ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमा प्रदीप परियारले बुधबार पद बहाली गरेका छन्। गत माघ ३ गतेको मन्त्रिपरिषद बैठकको निर्णयअनुसार उनी राष्ट्रिय योजना आयोगबाट सरुवा भएर काठमाडौँ महानगरपालिका आएका हुन्
उक्त निर्णयबाट निवर्तमान प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी मधेसी आयोगमा सरुवा भएर गएका छन्। पदवहालीपछि विभागीय प्रमुखहरूसँगको परिचयात्मक कार्यक्रममा परियारले वार्षिक नीति तथा कार्यक्रममा साझा दृष्टि बनाएर समूहगत कार्य प्रणालीबाट लक्ष्य प्राप्त गर्नुपर्ने बताए।

सांस्कृतिक पहिचान र पर्यटन प्रवर्धनमा काठमाडौँले काम गर्नु पर्ने बताउँदै उनले महानगर गौरब र स्वर्णिम योजनालाई सफल बनाउन, जनप्रतिनिधिको नीति र कार्यक्रमलाई कर्मचारी संयन्त्रले प्रभावकारी कार्यान्वयन गरेर सफलता प्राप्त गर्ने काममा दृढ रहेको उल्लेख गरे।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  १ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।