३ पुस २०८२, बिहिबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


नाटक ‘समयको पीडा’मा वैदेशिक रोजगारीको कथा (तस्विरहरु)



 

काठमाडौँ 

१० माघ । राजधानीको रातोपुलस्थित ओजस थिएटर एण्ड फिल्म स्टुडियोमा नाटक ’समयको पीडा’ आजबाट मञ्चन भएको छ ।

सुन्दर धितालको परिकल्पना तथा निर्देशनमा आजबाट सुरु भएको नाटकमा वैदेशिक रोजगारीमा सन्तान पठाएपछि भोग्नुपर्ने पिडा देखाइएको छ । नाटकमा रोजगारी लागि नेपालबाट विदेशिएका नेपालीहरु नफर्केपछि एक्लिएका बा आमाको पीडालाई नाटकमा समावेश गरिएको सुन्दर धितालले बताए । समय जति बित्यो उमेर बढ्दै जान्छ । उमेर सँगै आफ्नो सन्तती पनि घट्ने रहेछन् । यो साच्चै नै समाजको मात्र होइन सिङ्गो देशमा समयको पीडा हो भन्ने सन्देश नाटकमा रहेको छ ।

एक घण्टा १० मिनेटको यो नाटकमा नाटकमा विशाल देवकोटा (रामनाथ), संगीता थापा (आनन्दी), अर्जुन दुलाल (जेठो छोरो), अन्जसा रिजाल (बुहारी), उन्नत उप्रेती (कान्छो छोरो), सगुन पोखरेल (छोरी), रोहित श्रेष्ठ (ज्वाइँ), पुणर् गन्धर्व (साथी), नवीन प्याकुरेल (सेवक), कपिल दिप काफ्ले (पसले) र विपिन जैसवाल डाक्टर पात्रको भूमिकामा रहेका छन् ।

कलाशी प्रोडक्शन हाउस प्रा.लीको प्रस्तुतिमा रहेको नाटक साहित्यकार पद्यावती सिंहको कथा ‘समयको पीडा’ को नाट्य रूपान्तरण रहेको निर्देशक सुन्दर धितालले बताएका छन् ।

 

नाटक विद्यालय बुकिङ शोका रूपमा अगाडि बढाउने तयारी रहेको सगुन पोख्रेलले बताए । उनले विद्यालयहरूको बुकिङ अनुसार नाटकका विभिन्न शोहरू प्रस्तुत गरिने जानकारी दिए । पाठ्यक्रममा आधारित कथा वस्तुमा समावेश नाटक भएकाले यसलाई विद्यार्थी केन्द्रीत गरिएको पोख्रेलले बताए ।

कथा कक्षा नौको अनिवार्य नेपाली विषयमा समावेश रहेको ’समय पीडा’ को रुपान्तरण रूप हो ।

 

 

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ३ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।