१ पुस २०८२, मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


महेन्द्र नारायण निधि सहकारीले तिरेन श्री लालीगुराँसको ऋण, निकाल्यो १५ दिने सूचना



ललितपुर
११ माघ । काठमाडौं बसुन्धारामा रहेको महेन्द्र नारायण निधि मेमोरियल स्वास्थ्य सहकारी संस्थाले लिएको ऋण नतिरेपछि श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड ललितपुरले चुक्ता गर्न १५ दिने सूचना निकालेको छ ।
संस्थाले संस्थागत प्रयोजनका लागि लागेको ऋणको साँवा, ब्याजलगायत अन्य दस्तुर नतिरेको भन्दै श्री लाली गुराँसले ३५ दिने सूचना प्रकाशन गरेको हो ।
गएको २०८० जेठ १३ समेत सहकारीले अन्नपूर्ण पोष्टमा २१ दिनभित्र ऋण तिर्न सूचना प्रकाशन गरेर निधि मेमोरियल स्वास्थ्य सहकारीलाई आग्रह गरेको थियो । सो अवधि भित्र ऋण नतिरेपछि श्री लाली गुराँसले पुन २०८० असार २३ गते पुनः अन्नपूर्ण पोष्टमै १५ दिने सूचना प्रकाशन गरेर ऋण तिर्न आग्रह गरेको थियो ।
सहकारीले ऋणको सम्पूर्ण साँवा, ब्याज आदी चुक्ता गर्न बारम्बार सुचना जारी गरी जानकारी गराउँदा पनि कुनै चासो नदेखाई बेवास्था गरेकाले उल्लेखित ऋणी सदस्य संस्थाको संचालक समितिका पदाधिकारी, अख्तियार प्राप्तलगायत व्यक्तिगत जमानत बस्ने सदस्यको फोटो सहित १५ दिने सूचना निकालेको हो ।
उक्त सहकारीको संचालक समितिका सदस्यहरूमा नेफ्स्कुन नवनिर्वाचित अध्यक्ष चन्द्र ढकाल समेत छन् । सहकारीले सञ्चालक कृष्णकुमार मगर,शालिग्राम मिश्र,भानुभक्त ढकाल,जानकी केसी,विमलकुमार निरौला,ओमबहादुर घर्तिलगायतको तस्विर सहितको तीनपुस्ते पत्रिकामा प्रकाशन गरेर ऋण तिर्न भनेको छ ।
देशभरका करिब ३२ हजार सहकारीको नेर्तत्व गरेको नेफ्स्कुनका अध्यक्ष सञ्चालक रहेको सहकारीको अध्यक्ष सञ्चालक रहेको सहकारीले समेत संस्थागत ऋण नतिरेको भन्दै पत्रिकामै फोटो सहितको सूचना प्रकाशित भएपछि नेफ्स्कुन नेतृत्वमाथि गम्भिर प्रश्न उठेको सहकारी बृत्तमा चर्चा छ ।
सहकारीले प्रकाशित गरेको सूचनामा १५ दिन भित्र ऋणको सम्पूर्ण साँवा, ब्याज चुक्ता नगरेको खण्डमा सहकारी ऐन २०७४, सहकारी नियमावली २०७५ तथा यस संस्थाको ऋण लगानी तथा असुली सम्बन्धी विनियमावली अनुसार ऋणी तथा व्यक्तिगत जमानी बस्ने व्यक्तिहरूको चल अचल सम्पत्तिहरूबाट र कानुन बमोजिम निजको घर घरानाबाट समेत असुल उपर गरिने सूजनामा उल्येख छ ।

 

प्रकाशित मिति : ११ माघ २०८०, बिहिबार  ३ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।