२६ माघ २०८२, आइतबार | Sun Feb 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राष्ट्रिय सभा निर्वाचनः तीन मेयर बालेन, हर्क र गोपालले गरे बहिस्कार



११ माघ । राष्ट्रिय सभा निर्वाचन तीन जना चर्चीत स्वतन्त्र मेयरले बहिस्कार गरेका छन्। आज बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म भएको मतदानमा काठमाडौं, धरान र धनगढीमा स्वतन्त्र रुपले निर्वाचीत भएका तीनै जना मेयरले बहिस्कार गरेका हुन् ।

आज भएको निर्वाचनमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह,धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले भोट दिएनन्।

काठमाडौं महानगरपालिकाका मेयर शाह बागमती, धरान उपमहानगरपालिकाका मेयर साम्पाङ कोशी प्रदेश र धनगढी उपमहानगरपालिकाका मेयर हमाल सुदुरपश्चिमका मतदाता हुन् ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहिबार  ११ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।