१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


महानगरपालिका क्षेत्रमा कटन क्यान्डी बेच्न निषेध, अखाद्य बस्तु उत्पादन तथा विक्री गरे ५ हजारदेखि २ लाख रुपैयाँसम्म जरिवाना



१२ माघ । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र कटन क्यान्डी (मिठाइ) विक्री गर्न निषेध गरेको छ । बालबालिका लक्षित यसको नमूना परीक्षणमा ‘रोडामीन बी’ नामक अखाद्य रङ्ग भेटिएपछि यसले बाल स्वास्थ्यमा पार्ने असर रोक्न सार्वजनिक सूचना प्रकाशन गरेर मिठाइ उत्पादन तथा विक्रीमा रोक लगाइएको हो । सूचनामा भनिएको छ, ‘‘आम उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पुर्याउने यस्ता अखाद्य रङ्गयुक्त वस्तु प्रयोग तथा बिक्री वितरण नगर्न नगराउन अनुरोध छ । यदि काठमाडौँ महानगरपालिका क्षेत्रभित्र अखाद्य वस्तु उत्पादन, बिक्री वितरण गरेको पाइएमा ‘काठमाडौँ महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७’ को दफा ३० बमोजिम ५ हजार रुपैयाँदेखि २ लाख रुपैयाँसम्म जरिवाना हुने समेत जानकारी गराइन्छ ।’’

यो रङ्ग प्रयोग गरिएका खानेकुरा खाँदा टाउको दुख्ने, उल्टी हुने जस्ता समस्या तत्काल देखिन सक्छन् । कलेजोमा असर गर्ने र क्यान्सरसम्म बनाउन सक्ने यसका दीर्घकालीन असर हुन् ।
खानेकुरा किन्दा उत्पादन मिति, उपभोग्य मिति, अधिकतम मूल्य, खाद्य अनुज्ञा अनुमति पत्र सम्बन्धी जानकारी भएको लेवल हेरेर मात्र खरिद गर्न महानगरपालिकाले उपभोक्तालाई आग्रह गरेको छ ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  ४ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।