२३ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


न्युरोडको पार्किङको विकल्प धरहरा क्षेत्र, निःशुल्क पार्किङ गर्न पाइने



काठमाडौं
१३ माघ । राजधनीको न्युरोड क्षेत्रको सडकमै गाडी पार्किङ गराएर व्यापार गर्न पल्केका व्यापारी काठमाडौं महानगरले पार्किङ निषेध गरेपछि आन्दोलित भए । आन्दोलित न्युरोडको व्यापारीको माग सम्बोधन गर्न महानगरले धरहरामा निशुल्क पार्किङ दिने भएको छ ।
पुरानो वसपार्कमा निर्माणाधिन व्यापारिक कम्प्लेक्समा निःशुल्क पार्किङको विकल्प दिएर महानगरले न्यरोडमा पार्किङ निधेष गरेपछि टाढा भएको भन्दै अनुपयुक्त विकल्प भएको भन्दै सडकमा उत्रेका थिए ।
धरहरासँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा आइतबारदेखि सवारी साधन पार्किङ खुला हुने गर्ने महानगरको तयारी छ ।
महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले धरहराको पार्किङ भवनमा ५० हजार वर्गफिट क्षेत्र पनि निःशुल्क पार्किङ उपलब्ध हुने पाण्डेले बताए ।
नयाँ सडकसँगै जोडिएको धरहरा र खिचापोखरी क्षेत्रमा रहेको यस पार्किङस्थल उपयुक्त विकल्प भएको नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेको भनाई छ ।

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  १२ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।