२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


रोमको आर्किटेक्चर भन्दा नेवारी र नेपाली आर्किटेक्चर धेरै राम्रो : मनीषा कोइराला



१३ माघ । अभिनेत्री मनीषा कोइरालाले नेपाली नेतृत्व गलत बाटोमा हिँडिरहेको बताएकी छिन्। शनिबार काठमाडौँमा आयोजित राष्ट्रियताको सन्दर्भमा गणतन्त्रको डेढ दशक विचार गोष्ठीमा बोल्दै उनले अहिले सरकार र नेतृत्व कुन बाटोमा हिँडिरहेको छ भनेर एक पटक सोच्नुपर्ने बताइन्।

उनले अहिलेकै बाटोमा देशलाई अघि बढाउने हो भने गन्तव्य नजाने दावी गरिन्। उनले वीर नेपाली भनेर चिनिने पहिचान अहिले फरक पहिचानका रुपमा परिणत भइरहेको भन्दै नेपालको भूगोल, प्राकृतिक सौन्दर्यता र संस्कृतिले विश्वकै उत्कृष्ट रहेको बताइन्।

उनले रोमको आर्किटेक्चर भन्दा नेवारी र नेपाली आर्किटेक्चर धेरै राम्रो रहेको पनि उल्लेख गरिन्।

अभिनेत्री कोइरालाले आउँदो पुस्तालाई भत्किएको, टुक्रिएको, आपसमा मतभेद राखेर फुटेको नेपाल हस्तान्तरण गर्न लागिरहेको आफूले महसुस गरेको जिकिर गरिन्।

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  ३ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।