२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नर्सिङ्ग कलेजमा भर्ना लिन दिएको निर्देशनमा तोसिमाले राखिन् पाँचबुँदे फरक मत



१५ माघ । । रोकिएको नर्सिङ्ग तर्फको विद्यार्थी भर्ना लिन संसद्को शिक्षा समितिले दिएको निर्देशनप्रति सांसद डा.तोसिमा कार्कीले फरक मत राखेकी छिन् । संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति भानुभक्त जोशीसमक्ष उनले पाँचबुँदे फरक मत राखेकी हुन् ।
शिक्षा समितिले बन्द भएका नर्सिङ कलेजमा विद्यार्थी भर्ना लिन सरकारलाई निर्देशन दिएको थियो । उक्त निर्देशनप्रति राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद कार्कीले फरक मत दर्ता गराएकी हुन् । सीटीईभीटी र चिकित्सा शिक्षा आयोगबिच पीसीएल नर्सिङको सम्बन्धन, नियमन, मापदण्ड लगायतका विषयमा विवाद आएपछि अध्ययन गर्न सीटीईभीटीको सम्बन्धन तथा गुणस्तर सम्बन्धमा उपसमिति गठन गरिएको थियो । जसमा उनी पनि सदस्य थिइन् ।
उपसमितिबाट प्रतिवेदन तयार हुने क्रममा चिकित्सा शिक्षा ऐनको मर्म विपरीत र नर्सिङको गुणस्तरको मापदण्डलाई खलल हुने किसिमका सुझावहरू राखिएको दाबी छ ।

 

 

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  ८ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।