२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पोल्याण्ड पठाउँछु भनेर ठगी गर्ने हाँडीगाउँका ग्रिस बिलास जोशी पक्राउ



१५ माघ । पोल्याण्ड पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–२९ हाँडीगाउँ घर भएका ४३ वर्षीय ग्रिस बिलास जोशी छन् ।
सुस्मिता थापालाई पोल्याण्ड पठाउँछु भनेर उनले ६ लाख रुपैयाँ ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले बताए । पोल्याण्ड जान ‘३० लाख लाग्छ’ भन्दै आरोपीले त्यहाँ होटलको वेटरमा जागिर लगाइदिन्छु भनेर रकम असुलेका हुन् ।

जमलबाट पक्राउ गरेर उनलाई कानूनी कारवाहीका लागी वैदेशिक रोजगार विभागमा बुझाएको एसपी रेग्मीले जानकारी दिए ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  ५ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।