२६ पुस २०८१, शुक्रबार | Sat Jan 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


भ्रष्टाचारको सूचकांकमा नेपाल १०८औं स्थानमा, गत वर्षको तुलनामा झिनो सुधार



१६ माघ । नेपाल व्यापक भ्रष्टाचार हुने मुलुकहरुको सूचीमा १०८औं स्थानमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) २०२३ मा १०० मा ३५ अंक पाएर नेपाल १०८औं स्थानमा परेको हो ।

नेपालले गत वर्षको तुलनामा एक अंक बढी पाएको हो । गत वर्ष नेपालले ३४ अंक पाएको थियो । एक अंक बढी ल्याएका कारण नेपाल सुशासन हुने मुलुकहरुको वरीयताक्रममा दुई अंक अगाडि आएको छ । गत वर्ष ११०औं स्थानमा रहेको नेपाल यसपाली १०८औं स्थापनमा पुगेको हो ।

५० अंकभन्दा कम स्कोर गर्ने मुलुकहरुलाई सुशासनको क्षेत्रमा समस्यायुक्त रुपमा चित्रण गरिन्छ । ३५ अंकभन्दा कम स्कोर ल्याउने मुलुकहरु गम्भिर भ्रष्टाचारको समस्यामा परेको मानिन्छ ।

सूचकांकमा यस वर्षको औसत अंक ४३ रहेको छ । एसिया प्रशान्त क्षेत्रको औसत स्कोर ४५ रहेको छ । विश्वका दुई तिहाई मुलुकले ५० भन्दा कम अंक पाएका छन् । यसले ती देशमा भ्रष्टाचार गम्भीर समस्याको रूपमा रहेको उल्लेख गरिएको छ ।

विश्वको सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको सूचीमा भने दक्षिण अफ्रिकी देश सोमालिया परेको छ । १८० देश सम्मिलित सूचकांकमा डेनमार्क ९० अंक प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक र सोमालिया ११ अंक प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकका रुपमा सूचीकृत भएको हो । यस सूचकांकमा १०० अंकले अति स्वच्छ र ० अंकले अति भ्रष्ट जनाउने ट्रान्सपरेन्सी इन्टरनेशनलले जनाएको छ ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ८ : ४० बजे