४ माघ २०८१, शुक्रबार | Fri Jan 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


विदेशीको फेसबुक एकाउन्ट बनाएर क्रिप्टोमार्फत गेम खेलाउने ७ जना पक्राउ



१६ माघ । नेपालमा अवैध रहेको क्रिप्टोमार्फत विभिन्न अनलाइन गेम खेलाउने ७ जना पक्राउ परेका छन् । उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर मंगलबार सार्वजनिक गरेको हो । ती सबैजना सिराहाका हुन् । पक्राउ पर्नेमा सिराहाको लाहान नगरपालिका १० बोटटोलका २४ वर्षीय मिथलेश कुमार मण्डल, सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकाका २४ वर्षीय मुरारी साह छन् ।
सिराहाको लाहान १ शहिदचोकका २४ वर्षीय आर्यन साह, सोही ठाउँका २४ वर्षीय अनिश कुमार रौनियार, २६ वर्षीय रोसन चौधरी जैसवाल पनि छन् । यस्तै सिराहाको सुकिपुर नगरपालिका २ का २३ वर्षीय शिवम् कुमार यादव र २४ वर्षीय हरिशंकर चौधरी रहेका छन् ।

उनीहरुले बिटक्वीन, क्यास एपमार्फत् जुवा, मिल्किवे, गेमभल्ट, फाइरकिरिन, भेगाज स्वीप्स, ओरियन स्टार्स खेल खेलाउँदै आएका थिए ।

उनीहरुले विदेशी नागरिकको नाममा फेसबुक एकाउन्ट बनाएर गेमहरु खेलाउँदै आएका थिए । कारोबार कतिको गरे भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ४ : ३५ बजे